२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नेता गौतमद्वारा ‘एक महिने जरामा जाऊँ अभियान’को जिम्मेवारी अस्वीकार 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले सञ्चालन गर्न लागेको ‘एक महिने जरामा जाऊँ अभियान’ अन्तर्गत तोकिएको जिम्मेवारी स्वास्थ्य अवस्थाका कारण पूरा गर्न नसक्ने जानकारी नेता प्रा. डा. कृष्णप्रसाद गौतमले दिएका छन्।

काँग्रेसका केन्द्रीय प्रतिनिधिका रूपमा मुस्ताङ जिल्लाका लागि खटाइएका गौतमले पार्टी सभापति गगनकुमार थापा लाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत आफूलाई तोकिएको दायित्व निर्वाह गर्न असमर्थ रहेको स्पष्ट पारेका हुन्। उनले जिम्मेवारीबाट पछि हट्नुको कारण स्वास्थ्यसँग सम्बन्धित समस्या रहेको उल्लेख गरेका छन्।

पार्टी महासमिति सदस्य समेत रहेका गौतमलाई अभियानका लागि मुस्ताङमा केन्द्रीय प्रतिनिधि तोकिएको थियो। अभियानअन्तर्गत देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइने र उनीहरूले स्थानीय तहमा संगठन विस्तार तथा सदस्यता वृद्धि सम्बन्धी गतिविधि सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ।

नयाँ वर्षको सुरुवातसँगै मंगलबारदेखि सुरु हुने अभियानका लागि काँग्रेसले यसअघि नै प्रतिनिधिहरूलाई अभिमुखीकरण (ओरिएन्टेसन) प्रदान गरिसकेको थियो। सो कार्यक्रममार्फत प्रतिनिधिहरूलाई आ-आफ्नो कार्यक्षेत्रमा खटिएर संगठनात्मक अभियानको नेतृत्व गर्ने निर्देशन दिइएको पार्टी स्रोतले जनाएको छ।

0 Comments