२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङ भन्सारमा सात महिनामा पाँच अर्ब ७३ करोड बढी राजस्व संकलन

अ+ अ-

मुस्ताङ ।  नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पाँच अर्ब ७३ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आवको ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले सात महिनाको अवधिमा उक्त राजस्व संकलन गरेको हो ।

उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट सात महिनाको अवधिमा रु १२ अर्ब २२ करोड ७६ लाख बराबरको मालवस्तु चीनतर्फबाट आयात भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । यसैगरी नेपालबाट रु २० करोड ५५ लाख बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको उनले बताए ।

गत साउन र भदौमा रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द हुँदा यहाँको कोरला नाकाबाट आयात/निर्यातमा उभार आए पनि पछिल्लो समय यहाँको भन्सारबाट आयात/निर्यातको परिमाण घटेको भन्सार प्रमुख खड्काले उल्लेख गरे । 

यहाँको कोरलास्थित मुस्ताङ भन्सार कार्यालयबाट सात महिनाको अवधिमा कोरला नाका हुँदै चीनबाट आयात गरिएका कुल दुई हजार ३४७ वटा विद्युतीय इलेक्ट्रोनिक (इभी) सवारीसाधनको भन्सार जाँचपास भएको छ । 

यसैगरी, चीनबाट नेपाल भित्रिएका एक हजार ८१८ वटा मालवस्तु ढुवानी गरिएका कन्टेनरहरूको भन्सार जाँचपास भएको हो । नेपालबाट स्वदेशी उत्पादन तथा हस्तकलाका सामग्री लोड गरिएका १३७ वटा मालवाहक कन्टेनरहर मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भएको कार्यालय प्रमुख खड्काले जानकारी दिए।

कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँको मुस्ताङ कार्यालयमा आयात/निर्यातको कारोबार चलायमान भएको थियो । कोरलानाका हुँदै नेपालका व्यापारिक कम्पनीहरूले चीनबाट विद्युतीय सवारीसाधनका साथै लत्तापकडा, कस्मेटिक सामान र इलेक्ट्रोनिक उपकरण आयात गर्दै आएका छन् ।

0 Comments