काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज २.१७ अंकले बढेर बन्द भएको छ। यो समयमा परिसूचक २.१७ अंकले बढेर २८३५.२१ विन्दुमा पुगेको छ।
प्रि-ओपन सेसनमा ५६ वटा स्क्रिप्सको ९ हजार ७५० कित्ता सेयर ३८लाख ११ हजार ७६७ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घटेको छ। ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।







