काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय अनुशासन समितिको संगठनात्मक संरचनामा आंशिक पुनर्संयोजन गर्दै नयाँ मनोनयन गरेको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार मोरङका गोपाल दाहाललाई समितिको सदस्य सचिव पदमा मनोनीत गरेका हुन्।
यसैगरी, कालिकोटका धनबहादुर बुढालाई सोही समितिको सदस्यका रूपमा जिम्मेवारी दिइएको पार्टी प्रवक्ताले जानकारी दिएका छन्।
पार्टी संरचनाभित्र अनुशासनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित उक्त मनोनयन गरिएको जनाइएको छ।







