२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पाका दुई स्थानीय तहमा आइतबार विद्यालय सञ्चालन खुला रहने

अ+ अ-

काठमाडौँ । डोल्पाका दुई स्थानीय तहले आइतबारलाई पनि नियमित विद्यालय सञ्चालन गर्ने व्यवस्था कायम राख्ने निर्णय गरेका छन्।

सरकारले पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको अवरोधलाई ध्यानमा राख्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने घोषणा गरे पनि स्थानीय आवश्यकताका आधारमा ठूलीभेरी नगरपालिका र मुड्केचुला गाउँपालिकाले विद्यालय खुला राख्ने निर्णय गरेका हुन्।

ठूलीभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकायका अनुसार सार्वजनिक बिदा व्यवस्थाबारे छलफलपछि आइतबार पनि शैक्षिक गतिविधि निरन्तर राख्ने निर्णय गरिएको हो। नगर शिक्षा समितिले सबै विद्यालयलाई आइतबार नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेको छ। साथै, वैशाख ८ देखि ११ गतेसम्म भर्ना अभियान सञ्चालन गर्ने र वैशाख १३ गतेदेखि नयाँ शैक्षिक सत्रका कक्षा सुरु गर्न निर्देशन दिइएको छ।

त्यस्तै मुड्केचुला गाउँपालिकाले पनि गाउँ शिक्षा समितिको निर्णयअनुसार आगामी शैक्षिक सत्रदेखि आइतबारसमेत पठनपाठन जारी राख्ने व्यवस्था मिलाएको जनाएको छ। गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गोपाल बुढाका अनुसार हिमाली भेगमा हिउँदका समयमा लामो बिदा हुने भएकाले वार्षिक पाठ्यभार पूरा गर्न कठिन हुने भएकाले अतिरिक्त कार्यदिवस आवश्यक परेको हो।

दुवै स्थानीय तहले विद्यार्थीको सिकाइमा अवरोध नआओस् र पाठ्यक्रम समयमै सम्पन्न गर्न सकियोस् भन्ने उद्देश्यसहित यो व्यवस्था लागू गरिएको जनाएका छन्।

0 Comments