२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव-वन्यजन्तु द्वन्द्व अन्त्य गर्न पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’अभियान सुरु

अ+ अ-

पर्सा । बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना घटाउन पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियान सञ्चालन गरेको छ ।

मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने तथा वन्यजन्तुहरूबाट हुने क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले यो अभियान सञ्चालन गरेको हो ।

निकुञ्जसँग जोडिएको पर्सा, बारा र मकवानपुरका डिभिजन वन कार्यालयको समन्वयमा समुदाय स्तरमा अभियान सञ्चालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले बताए।

अभियानअन्तर्गत समुदायको अग्रसरतामा वन्यजन्तुको महत्वबारे चेतना जगाउने, वन्यजन्तुबाट कसरी बच्ने, समस्या परेका बखत कसरी समाधान खोज्नेलगायत छलफल कार्यक्रम जारी छन् ।

बाघका माध्यमबाट पर्यापर्यटन प्रवर्द्धन गर्न सकिनेमा जोड दिँदै उनले जंगलमा आगो लगाउने, चोरी सिकारीजस्ता गतिविधिका कारण वन्यजन्तु जंगलबाट बाहिर निस्कने गरेकाले त्यस्ता गतिविधि हुन नदिनेतर्फ सबैलाई सचेत गर्न अभियान सञ्चालन गरिएको बताए।

यसैबीच, निकुञ्ज प्रशासनले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा बाघसहितका वन्यजन्तुबाट पीडित भएकाहरूलाई क्षतिपूर्तिस्वरुप रु. १९ लाख प्रदान गरिएको जनाको छ । वन्यजन्तुबाट सबैभन्दा बढी हानि मकवानपुरमा भएको छ ।

सोही अवधिमा हातहतियार सिकारी तथा वन काठपात दाउरासम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन् । हातहतियार सिकारीसम्बन्धी छ वटा र वन काठपात दाउरासम्बन्धी एउटा मुद्दा दर्ता हुँदा १५ जना पक्राउ परेका छन् ।

त्यसैगरी, निकुञ्जले गिट्टी बालुवा तथा नवपैदावारको सलामी शुल्कबापत रु. ६० लाख ५३ हजार २५५ राजस्व संकलन गरेको छ ।

0 Comments