काठमाडौँ । जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको नगर कार्यपालिकाको कार्यालयले जीतपुरसिमरा नगर अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा आवेदन आह्वान गरेको छ। मंगलवार एक सूचना जारी गर्दै विभिन्न पदहरूमा कर्मचारी माग गरिएको हो।
सूचनामा उल्लेख भएअनुसार कन्सल्टेन्ट डाक्टरदेखि स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक लगायतका पदहरूमा आवेदन खुला गरिएको छ।
इच्छुक तथा योग्य नेपाली नागरिकहरूले तोकिएको म्यादभित्र आवेदन फाराम भरी आवश्यक कागजातसहित नगर कार्यपालिकाको कार्यालयमा पेस गर्नुपर्ने कार्यालयले जनाएको छ ।









