२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्जा सूचना केन्द्रमा सहकारीको पहुँचका लागि प्राधिकरण दर्ता अनिवार्य, ५०० सहकारीबाट आवेदन

अ+ अ-

काठमाडौँ । कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गर्नका लागि सहकारी संस्थाले राष्ट्रिय सहकारी प्राधिकरणमा दर्ता हुनु अनिवार्य हुने व्यवस्था कार्यान्वयनमा रहेको छ। सोही आधारमा करिब ५०० सहकारी संस्थाले केन्द्रको सदस्यता लिन आवेदन दिएका छन्।

केन्द्रले नियामक निकायमा दर्ता नभएका संस्थालाई सदस्यताका लागि योग्य नमान्ने प्रावधान लागू गरेको छ। बचत तथा ऋण कारोबार गर्ने सहकारीहरूको नियमन गर्ने निकाय प्राधिकरण भएकाले सो निकायमा दर्ता भएका संस्थाहरू मात्र कर्जा सूचना केन्द्रको सदस्य बन्न सक्ने व्यवस्था रहेको छ।

सहकारी ऐन, २०७४ अनुसार २०८२ चैत १७ सम्म बचत तथा ऋण कारोबार गर्ने सहकारीहरूले प्राधिकरणबाट सञ्चालन इजाजत लिनुपर्ने प्रावधान छ। यद्यपि प्राधिकरणमा पूर्ण रूपमा दर्ता भएका संस्थाको संख्या सीमित भएकाले कर्जा सूचना केन्द्रमा आबद्ध हुने संस्थाको संख्या अपेक्षाकृत कम रहेको बताइएको छ।

प्राधिकरणका तथ्यांकअनुसार गत चैत १७ सम्म सञ्चालन इजाजत प्राप्त गरेका सहकारीको संख्या २ हजार २ सय ६२ रहेको छ। त्यस्तै, इजाजतपत्र जारी हुने चरणमा रहेका ९ सय ५५ सहकारी, पूर्ण विवरण प्रविष्ट गरिसकेका ३ हजार ७ सय ५९ सहकारी तथा आंशिक विवरण प्रविष्ट गरेका ४ हजार ७ सय ८९ सहकारी इजाजत प्रक्रियामा रहेका छन्।

प्राधिकरणमा आवश्यक प्रक्रिया पूरा नगरेका सहकारीहरूको संख्या उल्लेख्य भएकाले कर्जा सूचना केन्द्रमा सदस्यता लिन आउने संस्थाको संख्या अपेक्षाकृत न्यून रहेको बताइएको छ।

हालसम्म कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरेका सहकारीको संख्या ५ रहेको छ भने करिब ५०० सहकारी सदस्यता प्राप्त गर्ने प्रक्रियामा रहेका छन्।

Leave a Reply