२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रलोपाको एकता महाधिवेशन सन्तोष परियारको नेतृत्वमा हुने 

अ+ अ-

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी एकता महाधिवेशनको नेतृत्व सन्तोष परियारले गर्ने व्यवस्था गरेको छ ।

पार्टी अध्यक्ष परिषद्को बिहीबार बसेको बैठकले वैशाख ११ र १२ गते सम्पन्न केन्द्रीय कमिटीको विस्तारित बैठकले दिएको अधिकारअनुसार कार्यविभाजन गर्दै महाधिवेशन सम्बन्धी जिम्मेवारी परियारलाई सुम्पिएको हो ।

बैठकले एकता महाधिवेशन सञ्चालनका लागि सचिवालय गठन गर्ने निर्णयसमेत गरेको छ । सो सचिवालयमा अध्यक्ष परिषद्का सदस्य, प्रदेश इन्चार्ज, विभिन्न विभागका प्रमुख तथा संगठन निर्माणमा संलग्न व्यक्तिहरू रहने व्यवस्था गरिएको प्रलोपा स्रोतले जनाएको छ ।

त्यस्तै, महाधिवेशनको तयारीस्वरूप वडा, पालिका र जिल्ला तहमा एकता भेला आयोजना गर्ने तथा संगठन संरचना पुनर्गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैबीच, पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले कुनै पनि औपचारिक सांगठनिक जिम्मेवारी नलिई स्वतन्त्र रूपमा सहयोग जारी राख्ने जानकारी गराएपछि सो निर्णयलाई स्वीकार गर्दै पार्टीले उनलाई सफल नयाँ यात्राका लागि शुभकामना व्यक्त गरेको छ ।

0 Comments