२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सल्यानमा जलवायु प्रकोप र वन्यजन्तु अतिक्रमणले किसान संकटमा’ : सांसद मल्ल

अ+ अ-

काठमाडौँ । नेकपा सांसद रमेश मल्लले सल्यान जिल्लाका किसानहरू वन्यजन्तु तथा जलवायुजन्य विपद्का कारण गम्भीर संकटमा परेको बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको शून्य समयमा बोल्दै उनले बँदेल र बाँदरको अतिक्रमणसँगै अनियमित वर्षा र खडेरीका कारण कृषकहरूको जीविकोपार्जन जोखिममा परेको बताए।

उनका अनुसार सल्यानमा पछिल्ला दिनमा लगातार असिना, वर्षा र बाढी जस्ता प्राकृतिक घटनाले कृषि उत्पादनमा ठूलो क्षति पुर्‍याएको छ। विशेष गरी बागचौर नगरपालिका, छत्रेश्वरी र कपुरकोट क्षेत्रमा भएको असिना पानीपछि शारदा नदीमा आएको बाढीले सयौँ रोपनी खेतमा क्षति पुगेको उनले जानकारी दिए।

उनका अनुसार खेतबारीमा लगाइएका अन्नबालीसँगै सुन्तला, आँप, लिची, ओखर, टिमुर, किवी र स्याउजस्ता फलफूल बाली पनि नष्ट भएका छन्।

सांसद मल्लले ग्रामीण क्षेत्रमा सडक, सिँचाइ प्रणाली, खानेपानी आयोजना र तटबन्धजस्ता पूर्वाधारमा क्षति पुगेपछि जनजीवन थप कठिन बनेको बताए।

उनले तीनै तहका सरकारबीच समन्वय गरेर तत्काल क्षति मूल्यांकन, राहत वितरण र पुन:स्थापना कार्य अघि बढाउनुपर्ने माग गरे। साथै कृषि बिमा प्रणालीलाई व्यवहारिक र प्रभावकारी बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए।

उनका अनुसार वन्यजन्तुको बढ्दो आक्रमण र मौसमजन्य विपद्ले किसानको भविष्यप्रति निराशा बढाएको छ। सरकारले यसप्रति संवेदनशील भएर किसानलाई संरक्षण र सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

0 Comments