लुम्बिनी । लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १:०० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल हुने कार्यसूची छ ।
शुक्रबारदेखि सुरु भएको छलफलमा १० जना प्रदेश सभा सदस्यले छलफलमा भाग लिएका थिए । बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ ।







