काठमाडौँ । ७९ औँ कान्स फिल्म फेस्टिभलमा प्रतिष्ठित ‘अन सर्टेन रिगार्ड जुरी प्राइज’ जित्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’को निर्माण टिमलाई स्वदेशमा स्वागत गरिएको छ।
विश्व चलचित्रको सबैभन्दा ठूलो मञ्च मानिने कान्समा ऐतिहासिक सफलता हात पारेर फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी उच्च अधिकारीहरूले स्वागत गरेका हुन्।
चलचित्रका निर्देशक अविनाश विक्रम शाहसहितको टोलीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिना र पर्यटन मन्त्री खडगबहादुर पौडेलले विमानस्थल पुगेर खादा र माला लगाई सम्मान गरेका हुन्।







