२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संशोधन विधेयकमाथि सहमति खोज्न राष्ट्रिय सभा बैठक स्थगित

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको आइतबारका लागि बोलाइएको बैठक निर्धारित विधेयकमाथिको छलफलमा प्रवेश नगरी स्थगित गरिएको छ। 

कार्यसूची अनुसार अघि बढ्नुअघि विभिन्न संशोधन प्रस्तावबारे दलहरूबीच थप परामर्श आवश्यक देखिएपछि बैठक केही समयका लागि रोकिएको हो।

सवा ११ बजेका लागि तय गरिएको बैठक करिब एक घण्टापछि सुरु भएको थियो। बैठक प्रारम्भ भएपछि शून्य समयमा केही सदस्यहरूले समसामयिक विषयमा धारणा राखेका थिए। 

त्यसलगत्तै सभाध्यक्ष नारायण दाहाल ले विशेष समयको कार्यक्रम नराखिएको जानकारी गराउँदै बैठक छोटो अवधिका लागि स्थगित गरेका थिए।

बैठकको कार्यसूचीमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल प्रारम्भ गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको थियो। उक्त विधेयकलाई सोही बैठकबाट पारित गर्ने कार्यसूची पनि समावेश थियो।

यस्तै, प्रतिनिधि सभाबाट आएको ‘मतदाता नामावली ९पहिलो संशोधन० विधेयक, २०८३’ लाई समेत पारित गर्ने कार्यक्रम रहेको थियो। तर, निर्धारित कार्यसूचीमा प्रवेश हुनुअघि नै बैठक स्थगित गरिएको हो।

संसदीय स्रोतका अनुसार दुवै विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावका विषयमा सरकार र विभिन्न दलबीच छलफल जारी छ। सहमतिका आधारमा अघि बढ्ने प्रयास स्वरूप बैठक रोकिएको बताइएको छ।

यसक्रममा सोविता गौतम ले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग परामर्श गरिरहेकी छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी संशोधन विधेयक तथा मतदाता नामावलीसम्बन्धी संशोधन विधेयकमा समान रूपमा तीन-तीन वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। ती प्रस्तावका विषयमा सहमति जुटाउने प्रयास जारी रहेको जनाइएको छ।

0 Comments