काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.२९ प्रतिशतले बढेर २७८२.३९ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड जनाएको छ ।
प्रि-ओपन सेसनमा ९६ स्क्रिप्सको ४८ हजार २८८ किता सेयर २ करोड २५ लाख ८२ हजार ८८२ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये ४६ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घटेको छ भने बाँकी १८ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।







