२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसियालाई १६७ रनले पराजित गर्दै नेपाल समूह विजेता, एसियन गेम्समा स्थान सुनिश्चित

अ+ अ-

काठमाडौँ। एसियन गेम्स क्वालिफायरअन्तर्गत भएको निर्णायक खेलमा नेपालले मलेसियामाथि फराकिलो जित दर्ता गर्दै समूह विजेता बनेको छ। जितसँगै नेपालले आगामी एसियन गेम्सका लागि स्थान सुरक्षित गरेको छ।

भर्खरै सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २७७ रनको लक्ष्य पछ्याएको मलेसिया २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमै सीमित भयो, जसका कारण नेपाल १६७ रनको विशाल अन्तरले विजयी भयो।

मलेसियाका कप्तान सय्यद अजीजले सर्वाधिक ५४ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। सार्विन मुनियान्दीले १८ र मुहम्मद हजिजले १३ रन जोडे भने बाँकी ब्याटर दोहोरो अंकमा पुग्न असफल रहे।

नेपालका तर्फबाट बलिङमा शेर मल्लले ३ विकेट लिए। त्यसैगरी करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान १–१ विकेट लिएर टोलीको जितमा योगदान दिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको विशाल योगफल तयार पारेको थियो। ओपनर कुशल भुर्तेलले ५४ बलमा १२६ रनको शतकीय इनिङ्स खेले, जसमा १४ चौका र ८ छक्का समावेश थिए। यो उनको टी–२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक हो।

आसिफ शेखले २४ बलमा ६८ रनको विस्फोटक इनिङ्स खेले भने दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रनको तीव्र योगदान दिए।

मलेसियातर्फ बलिङमा विरनदीप सिंहले ३ विकेट लिए भने सय्यद अजीज र विजय उन्नीले २–२ विकेट हात पारे।

पराजयका बाबजुद मलेसियाले पनि एसियन गेम्समा स्थान बनाउन सफल भएको छ।

0 Comments