२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप फुटबल: चेक रिपब्लिकविरुद्ध दक्षिण कोरियाको पुनरागमन जित

अ+ अ-

 काठमाडौँ। दोस्रो हाफमा १४ मिनेटमा दुई गोल फर्काउँदै दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ को जितसहित फिफा विश्वकप २०२६ मा सुखद सुरुवात गरेको छ ।

मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण कोरियासँग २-१ ले पराजित हुन पुग्यो ।

दक्षिण कोरियाले चेकियाविरुद्ध विश्वकपमा पहिलो जित हासिल गरेको हो । १२औं पटक विश्वकप खेलिरहेको दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै जित निकालेको यो चौथो पटक हो ।

५९औं मिनेटमा लादिस्लाभ क्रेज्की गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । तर, अग्रता जोगाउन सकेन । त्यसको ८ मिनेटपछि दक्षिण कोरियाले बराबरी गोल फर्कायो । ह्वाङ इनबियोमले ६७औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए ।

खेलको ७७औं मिनेटमा फ्रिकिकमार्फत आएको बललाई हेडरमार्फत चेक रिपब्लिकका थोमस सुसेकले गोलको दिशा दिएका थिए । तर, अफसाइड पोजिसनमा हुँदा गोलले मान्यता पाएन ।

८०औं मिनेटमा दक्षिण कोरियाले अग्रता लियो । ओएच ह्योङयुले गोल गर्दै दक्षिण कोरियालाई जितको बाटो देखाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र दक्षिण कोरिया विजयी भयो ।

समूह ‘ए’ मा पहिलो जित निकालेको दक्षिण कोरिया ३ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ । समान ३ अंक जोडेको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।

Leave a Reply