२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पृतनापति ट्रफीको उपाधि श्री नं १८ बाहिनी अड्डालाई

अ+ अ-

धरान । पृतनापति ट्रफी, २०८३ को उपाधि श्री नं.१८ बाहिनी अड्डाले हात पारेको छ । सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरमा आज सम्पन्न प्रतियोगितामा श्री नं. १८ बाहिनी अड्डा पहिलो भएको छ भन श्री नं. २ बाहिनी अड्डा दोस्रो र श्री नं. २१ बाहिनी अड्डा तेस्रो भएका छन् ।

प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, जुडो, तेक्वान्दो र एथलेटिक्स गरी आठ खेल समावेश गरिएको थियो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई ट्रफीसहित क्रमशः रू ५१ हजार, रू ४० हजार र रू ३५ हजार नगद पुरस्कार प्रदान गरिएको पूर्वी पृतना हेडक्वार्टरले जनाएको छ । केन्द्रीय तहको प्रधानसेनापति ट्रफीका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १६४ महिला र ३०५ पुरुष गरी जम्मा ४६९ खेलाडीको सहभागिता रहेको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै पूर्वी पृतना हेडक्वार्टरका पृतनापति गौरवकुमार केसीले खेलकुदले सैनिकको शारीरिक तन्दुरुस्ती मानसिक दृढता अनुशासन नेतृत्व क्षमता र सामूहिक भावनाको विकास गर्ने बताए। सैनिक पेसाको व्यावसायिक जिम्मेवारीका साथै खेलकुदमा सैनिकहरूले देखाएको लगाव गौरवको विषय भएको उल्लेख गर्दै उनले राष्ट्रको खेलकुद विकासमा नेपाली सेनाको योगदान उल्लेखनीय रहेको धारणा राखे ।

पृतनापति केसीले आगामी भदौमा आयोजना हुने प्रधानसेनापति ट्रफी, २०८३ मा अझ उत्कृष्ट नतिजा हासिल गर्न सम्पूर्ण खेलाडी बाहिनी र सम्बद्ध युनिटहरूलाई आजैदेखि जग बलियो बनाई तयारीमा जुट्न निर्देशन समेत दिए ।

खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा स्थापित गर्न नेपाली सेनाले विसं २०६५ देखि प्रधान सेनापति ट्रफी सञ्चालन गर्दै आइरहेको छ ।

0 Comments