काठमाडौँ । डोटीको एक होटलमा बास बसेका एक युवक शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
जोरायल गाउँपालिका–१ गैरा स्थित रेनुका होटलमा बास बसेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० सुर्खेत टोलका ३५ वर्षीय सरोज थापा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरबाट घुम्न आएका थापासहितका १३ जनाको टोली शुक्रबार राति करिब साढे ९ बजे होटेल पुगेका थिए । उनी राति होटेलको कोठा नं.२०४ मा चालक वसन्त बहादुर सिंहसँगै सुतेका थिए ।
बिहान उनी आफ्नै बेडमा उत्तानो अवस्था मृत भेटिएको हो । मृतक थापाको टोली सु.प.प्र.०२००१ ख १३२८ नं.को हाइसमा गैरा पुगेको थियो । घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिपिनगरबाट प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ ।







