२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।

ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही क्षेत्रहरूमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरे।

विभागमा अहिले प्राप्त अभिलेखअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मकवानपुरगढी र म्याग्दीमा समान १२१ मिलिमिटर (अति भारी वर्षा) भएको छ । त्यसपछि सुनसरीमा ११७ र उदयपुरमा १०६ मिलिमिटर (अति भारी वर्षा) वर्षा भएको मौसमविद् अर्यालले जानकारी दिए । उनका अनुसार काठमाडौँसहित अन्य केही जिल्लाहरूमा भने भारी वर्षा भएको छ । काठमाडौँको चन्द्रागिरि वर्षा मापन केन्द्रमा गरिएको मापनअनुसार ९३ दशमलव छ मिलिमिटर वर्षा भइसकेको छ ।

त्यस्तै सिन्धुलीमा ९३, झापामा ८४, सङ्खुवासभामा ५२, ताप्लेजुङमा ६४, सोलुखुम्बुमा ५८, सिन्धुपाल्चोकमा ६८, चितवनमा ८४, नवलपुरमा ८५, नवलपरासी पश्चिममा ६९ पाल्पामा ९८, बाँकेमा ५७ र कैलालीमा ५७ मिलिमिटर (भारी वर्षा) भएको छ । अन्य अधिकांश जिल्लामा भने मध्यम वर्षा भएको विभागले जनाएको छ । अहिले काठमाडौँसहित उदयपुर, लमजुङ, सिन्धुपाल्चोक, चितवन, लम्जुङ, खोटाङ बाग्लुङ, पर्वतलगायत जिल्लमा वर्षा जारी छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा भइरहेको मौसमविद् अर्यालले उल्लेख गरे । सोही कारणले आज राति पनि कोशी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि अति भारी वर्षा साथै बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ । मौसमविद् अर्यालले वर्षा गराउने मौसमी प्रणाली दिउँसोभन्दा राति बढी सक्रिय हुने सम्भावना रहेको जानकारी दिए।

0 Comments