७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेन युद्धबारे अमेरिका र रुसका कूटनीतिज्ञबीच मनिलामा छलफल

अ+ अ-

काठमाडौँ । मनिलामा दक्षिणपूर्वी एसियाली नेताहरूको शिखर सम्मेलनको अवसरमा आज भएको बैठकमा शीर्ष अमेरिकी र रूसी कूटनीतिज्ञहरूले युक्रेन युद्धको बारेमा छलफल गरेको बताइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वर्षौं लामो युद्धको अन्त्य गर्ने उद्देश्यले रोकिएका वार्तालाई पुनर्जीवित गर्ने प्रयासमा अमेरिकी दूतहरूसँग छलफल गरेको बताए ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान)को बैठकका लागि अमेरिकी विदेश मन्त्री मार्को रुबियो र रुसी विदेश मन्त्री सेर्गेई लाभ्रोभ दुवै फिलिपिन्समा रहेको जनाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले थप विवरणहरू उल्लेख नगरी दुवैले “अमेरिका र रुस सम्बन्धका साथै रुस र युक्रेन युद्ध अन्त्य गर्ने आवश्यकताको बारेमा छलफल गरेको बताइएको छ ।

उनीहरूले मध्यपूर्वको द्वन्द्वबारे पनि छलफल गर्ने अपेक्षा गरिएको थियो, जसमा मस्कोले आफ्नो सहयोगी इरान माथि वासिङ्टनले गरेको आक्रमणको निन्दा गरेको छ ।

युक्रेनको युद्धले रुस र संयुक्त राज्य अमेरिकाको अन्य विषयहरूमा सहमति गर्ने क्षमतालाईसमेत बाधा पुर्याएको रुबियोले पत्रकारहरूसँगको साक्षतकारमा उल्लेख गर्नु भएको छ ।

सम्भावित सहयोगका अन्य क्षेत्रहरू तथा उपायहरू खोज्न तयार रहेको जनाउँदै उनले आफूहरू यो युद्ध समाप्त भएको हेर्न चाहेको बताएका छन् । पछिल्लो समयमा युक्रेनमा द्वन्द्व अन्त्य गर्ने उद्देश्यका छलफलहरू रोकिएको तथा अमेरिकाको ध्यान अब मध्य पूर्वमा केन्द्रित रहेको जनाइएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा अमेरिकी दूतहरू स्टीभ विटकोफ र जारेड कुशनरसँग “कूटनीति कसरी पुनर्जीवित गर्ने भन्ने बारे महत्त्वपूर्ण छलफल गरेको जनाइएको छ ।

यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गरी लामो दूरीको ड्रोन आक्रमणको युक्रेनको अभियानलाई समर्थन गर्दै यसले द्वन्द्वको अन्त्य गर्न मद्दत गर्न सक्ने बताएका छन् ।

पछिल्लो समयमा युक्रेनले समुद्रमा प्रशोदित तेल डिपोहरू र कार्गो जहाजहरूलाई लक्षित गर्दै आफ्नो ड्रोन आक्रमणहरू बढाइरहेको छ, जसको कारणले रूसमा इन्धनको अभाव निम्त्याएको जनाइएको छ ।

जुनको अन्त्यमा युक्रेनको राजधानी किएभमा रूसी क्षेप्यास्त्र र ड्रोनले प्रहार गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको जनाइएको थियो ।

0 Comments