काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ।
बिपी स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा पार्टी सभापतिले श्रेष्ठलाई वरिष्ठ नेता बनाउने निर्णय भएको जानकारी दिएका हुन्।
सभापतिका अनुसार उक्त निर्णयलाई आगामी केही दिनभित्र बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक अनुमोदन गराइनेछ। त्यसका लागि केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको उनले बताए।
हाल उपचारका क्रममा अस्पतालमा रहेका नेता श्रेष्ठलाई भेटेर आफूले वरिष्ठ नेताको जिम्मेवारी दिने विषयमा जानकारी गराएको सभापतिले उल्लेख गरे।
पार्टीको संगठनात्मक संरचनामा लामो समय योगदान दिएका श्रेष्ठलाई सम्मान स्वरूप उक्त जिम्मेवारी प्रदान गर्न लागिएको काँग्रेसले जनाएको छ।







