१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च अदालतबाट आदेश जारी भएकै दिन वेबसाइटमा उपलब्ध हुने

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले न्यायिक आदेशलाई छिटो, सहज र पारदर्शी रूपमा सार्वजनिक गर्ने उद्देश्यले आदेश भएकै दिन वेबसाइटमा अपलोड गर्ने व्यवस्था सुरु गरेको छ।

अदालतका सूचना अधिकारी (उपरजिस्ट्रार) निराजन पाण्डेका अनुसार न्यायिक सेवा प्रवाहलाई प्रविधिमैत्री र सेवाग्राहीमुखी बनाउने उद्देश्यसहित सोमबारदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।

नयाँ व्यवस्थाअनुसार इजलासबाट जारी हुने लिखित आदेशलाई विद्युतीय प्रणाली (केस म्यानेजमेन्ट सिस्टम–सीएमएस) मार्फत सोही दिन वेबसाइटमा राखिने उपरजिस्ट्रार) पाण्डेले बताए।

यसअघि सर्वोच्च अदालतको वेबसाइटमा आदेशको प्रकार वा सामान्य विवरण मात्र उल्लेख हुने गरेको थियो। लिखित आदेशको प्रतिलिपि प्राप्त गर्न सेवाग्राही तथा कानुन व्यवसायीले केही दिन कुर्नुपर्ने अवस्था रहेको थियो।

पाण्डेका अनुसार सर्वोच्च अदालतले नयाँ प्रणालीबाट मुद्दाका पक्ष, कानुन व्यवसायी तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सकिने छ। यसले न्यायिक प्रक्रियामा पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

अदालतका अनुसार आदेश अनलाइन उपलब्ध भएपछि प्रमाणित प्रतिलिपि प्राप्त गर्ने प्रक्रिया पनि थप सहज हुनेछ। सम्बन्धित पक्षले वेबसाइटमा राखिएको आदेशका आधारमा आवश्यक प्रक्रिया पूरा गरी देशभरका कुनै पनि अदालतबाट प्रमाणित प्रतिलिपि लिन सक्ने व्यवस्था मिलाइएको छ।

सर्वोच्चले डिजिटल प्रणालीको प्रयोगले सेवाग्राहीको समय बचत हुने, अदालतमा अनावश्यक उपस्थितिको आवश्यकता घट्ने र न्यायिक सेवा प्रवाहप्रति नागरिकको विश्वास थप सुदृढ हुने जनाएको छ।

0 Comments