१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज गुरु पूर्णिमा मनाइँदै

अ+ अ-

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा आज देशभर श्रद्धा र सम्मानका साथ मनाइँदै छ। यस दिन शिक्षा, दीक्षा तथा ज्ञान प्रदान गर्ने गुरुजनप्रति सम्मान प्रकट गर्ने परम्परा रहेको छ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा मनाइने व्यास जयन्तीलाई नै गुरु पूर्णिमाका रूपमा मनाउने चलन रहिआएको छ।

वेद व्यासले वेद, वेदान्त, अठार पुराण, उपनिषद् लगायतका धार्मिक ग्रन्थको रचना गरी हिन्दु धर्म र संस्कृतिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिन्छ।

गुरु पूर्णिमाका अवसरमा शिष्यहरूले आफ्ना गुरुलाई सम्मान गर्दै मिष्ठान्न, फलफूल तथा उपहार अर्पण गरी आशीर्वाद लिने परम्परा छ। गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने संस्कार नेपाली समाजमा अझै कायम रहेको छ।

यस अवसरमा विद्यालय, कलेज तथा विभिन्न संघ-संस्थाले विशेष कार्यक्रम आयोजना गरी शिक्षक तथा गुरुजनप्रति कृतज्ञता व्यक्त गरिरहेका छन्। धर्मशास्त्रअनुसार संस्कृत शब्द ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाई ज्ञानको ज्योति फैलाउने व्यक्तिलाई गुरु भनिन्छ। यही सन्देशलाई आत्मसात् गर्दै आज देशभर गुरु पूर्णिमा मनाइँदै छ।

यसैबीच आजै वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

0 Comments