काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको मंगलबार ललितपुरको हेलिस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।






