१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरमा अवैध काठ प्रकरण : कैलाली वन कार्यालयको टोलीमाथि क्षेत्राधिकार मिचेको आरोप

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर क्षेत्रमा बरामद अवैध सालको काठसम्बन्धी अनुसन्धानका क्रममा डिभिजन वन कार्यालय कैलालीको टोलीले क्षेत्राधिकार नाघेर प्रवेश गरेको आरोप लागेको छ।

डिभिजन वन कार्यालय कञ्चनपुरले वन निर्देशनालय धनगढीलाई पत्र पठाउँदै कैलाली वन कार्यालयबाट खटिएको टोलीले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई सब-डिभिजन वन कार्यालय बाणीमा प्रवेश गरेको दाबी गरेको हो।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ र २ मा पर्ने दिपेन्द्र स्मृति सामुदायिक वन उपभोक्ता समूह क्षेत्रमा अनियमित रूपमा गोलिया काठ घाटगद्दी भइरहेको सूचनापछि स्थलगत निरीक्षण गर्दा ठूलो परिमाणमा सालको काठ फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ।

कार्यालयका अनुसार कृष्णपुर-१ र २ अन्तर्गत विभिन्न स्थानबाट सालका २१६ गोलिया थान गरी कुल १ हजार ४७० दशमलव १५ क्युफिट काठ फेला परेको थियो। बरामद काठमध्ये दिपेन्द्र स्मृति सामुदायिक वन क्षेत्रमा ६४ गोलिया (५५२ दशमलव ६२ क्युफिट), कृष्णपुर-१ बण्ड क्षेत्रमा तीन ट्र्याक्टरमा राखिएको ११९ गोलिया (७०६ दशमलव ६३ क्युफिट) र निगाली क्षेत्रमा ३३ गोलिया (२१० दशमलव ९० क्युफिट) रहेको उल्लेख छ।

उक्त काठ प्रकरणमा अनुसन्धान भइरहेका बेला डिभिजन वन कार्यालय कैलालीले माथिल्लो निकायको अनुमति नलिई छानबिन टोली पठाएर सब–डिभिजन वन कार्यालय बाणीमा प्रवेश गरेको कञ्चनपुर वन कार्यालयको आरोप छ।

कञ्चनपुरका डिभिजन वन अधिकृत बालमुकुन्द भट्टले पठाएको पत्रमा अनधिकृत प्रवेशबाट प्रमाण नष्ट हुने, अनुसन्धान प्रभावित हुने वा कृत्रिम प्रमाण सिर्जना हुन सक्ने भन्दै कैलालीबाट खटिएका कर्मचारीलाई तत्काल जिम्मेवारीबाट हटाई अनुसन्धानमा सहयोग गराउन अनुरोध गरिएको छ।

यता, घटनाबारे सम्बन्धित निकायबीच समन्वय र थप अनुसन्धान प्रक्रिया अघि बढिरहेको जनाइएको छ।

0 Comments