१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाना पकाउने ग्याँसको आपूर्ति र वितरण व्यवस्थापनमा सहजीकरण गर्दै महानगर प्रहरी बल

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलले बजारमा उपलब्ध ग्याँस र वितरण प्रणालीको सहजताका लागि काम थालेको छ । लामो समयसम्म ग्याँस नपाएको, पहुँच हुनेले मात्र ग्याँस पाएको, विद्यार्थीहरूमा ग्याँसका पहुँच नभएको जस्ता गुनासा आउन थालेपछि ग्याँस डिपोमा भएको ग्याँस वितरण व्यवस्थापनका लागि प्रहरी बल सक्रिय भएको हो । काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलले बजारमा उपलब्ध ग्याँस र वितरण प्रणालीको सहजताका लागि काम थालेको छ ।

लामो समयसम्म ग्याँस नपाएको, पहुँच हुनेले मात्र ग्याँस पाएको, विद्यार्थीहरूमा ग्याँसका पहुँच नभएको जस्ता गुनासा आउन थालेपछि ग्याँस डिपोमा भएको ग्याँस वितरण व्यवस्थापनका लागि प्रहरी बल सक्रिय भएको हो ।

बजारमा उपलब्ध भएको ग्याँसलाई सन्तुलित वितरण मिलाउन हाम्रो भूमिका हुनेछ । डिपोहरूको अवस्था हेर्न पुग्नु भएका प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भने, ‘डिपोमा उपलब्ध ग्याँस वितरणमा सबैको पहुँच बढाउन हामी सहजीकरण गर्छौँ । सिलिण्डरको म्याद सकिने मिति, ग्याँसको तौल, फायर स्टीङ्ग्वीसरको उपलब्धता, उपयुक्त स्थानमा राखिएको छ भने कि छैन, यसको म्याद कहिलेसम्म छ । जस्ता प्रज्वलनशील उपभोग गर्दाका अवस्था पनि हेर्नेछौँ । सिलिण्डर भण्डारण र ढुवानीका जोखिम बुझाउँछौँ ।’

जोशीका अनुसार यस्ता विषयसँग सम्बन्धित सूचकका आधारमा चार वटै क्षेत्रबाट नियमित सहजीकरण गरिनेछ । सहजीकरण कार्यको प्रारम्भ गर्दै आज अनामनगर क्षेत्रमा भएका डिपोहरूको अवस्था हेरिएको थियो । यस क्रममा साना डिपोहरूमा ग्याँस उपलब्ध रहेको भेटियो । ठुला डिपोहरूमा भने जसरी पनि पाइने आशले उपभोक्ताहरूको घुइँचो थियो ।

ठुला ग्याँस डिपोका विक्रेता भन्छन्, ‘साना साना डिपोमा पाइँदैन भनेर उपभोक्ता सिधै ठुलामा आउनुहुन्छ । यसले हाम्रोमा अभाव हुन्छ । साना डिपोमा स्टक हुन्छ ।’ ग्याँस लिन बिहान ३ बजेदेखि लाइनमा छौँ भन्ने उपभोक्ताले भने, ‘कतिले धेरै सिलिण्डर लान्छन् कि जस्तो लागेको छ ।’

यता नेपाल आयल निगमले विगतमा जस्तै मात्रा र परिमाणमा आपूर्ति भइरहेको जनाएको छ । माग र आपूर्तिमा असन्तुलन हुनुको कारण बारे निगमले, उपभोक्तामा माग बढेको जनाएको छ । 

0 Comments