२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुलुकको वर्तमान समस्या र समाधानका लागि योग तथा ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्छ’ : सांसद सापकोटा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले मुलुकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या, सामाजिक विचलन र कृषि क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न योग र ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्ने बताएकी छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो बताएकी हुन्। सांसद सापकोटाले नेपालमा लोकतन्त्र र नागरिक अधिकार प्राप्तिका लागि विगत ८० वर्षदेखि नेताहरूले गरेको योगदानको स्मरण गरिन् । उनले जननेता बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको लोकतान्त्रिक आन्दोलनमा रहेको भूमिकाको चर्चा गर्दै प्राप्त अधिकारको जगमा उभिएर वर्तमान समस्याहरूको समाधान खोज्नुपर्ने बताइन्। सांसद सापकोटाले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोग बढेको र यसले सामाजिक तथा पारिवारिक सम्बन्धमा दरार ल्याएको उल्लेख गरिन्। पश्चिमी संस्कृतिको अन्ध अनुकरणले नेपाली मौलिकता र संस्कार हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरिन् । उनले कृषकले भोग्नुपरेको बाँदर र अन्य जंगली जनावरको आतंक, बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव तथा विद्युत आपूर्तिमा देखिएको अनियमितताप्रति सरकारको ध्यानाकर्षण गराइन ।

मुलुकको पछिल्लो वस्तुस्थितिबारे टिप्पणी गर्दै उनले भनिन्, ‘आज समाजमा शान्ति छैन, अभाव र समस्याको चाङ छ । आत्महत्या र डिप्रेसनका घटनाहरू दिन प्रतिदिन बढ्दै जानु चिन्ताको विषय हो । नेपाल केवल हिमाल, पहाड र तराईको देश मात्र होइन, यो ऋषिमुनि र योगीहरूको तपोभूमि पनि हो । लुम्बिनी, रेसुंगा, पशुपतिनाथ, मुक्तिनाथ र हलेसी जस्ता क्षेत्रलाई जोडेर अन्तर्राष्ट्रिय स्तरको योग ध्यान तथा विश्व शान्ति सर्किट निर्माण गर्न आवश्यक छ ।’

यी समस्याहरूको समाधानका लागि योग, ध्यान र आध्यात्मिक चिन्तनलाई राज्यले नै प्राथमिकता दिनुपर्ने उनको प्रस्ताव छ ।

गुल्मीको रेसुंगा र सालिमे दहजस्ता ऐतिहासिक तपोभूमिलाई केवल पर्यटकीय स्थलमा सीमित नराखी आध्यात्मिक र अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने उनले बताइन् ।

उनले विद्यालयदेखि विश्वविद्यालयसम्म योग र ध्यानको वैज्ञानिक अभ्यास गराउन र सरकारी कर्मचारीहरूका लागि नियमित योग कक्षा सञ्चालन गर्न माग गरिन्। यसैगरी, कर्मचारीको अवकाश नीति र वैदेशिक रोजगारीको विषयमा बोल्दै उनले ५५ वर्षमै कर्मचारीलाई अवकाश दिने नीतिले अनुभवी जनशक्ति खेर गइरहेको तर्क गरिन् ।

0 Comments