४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोबाइलबाटै ओपीडी टिकट, लाइन बस्नुपर्ने बाध्यताको अन्त्य

अ+ अ-

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका लागि आउने बिरामीले अब मोबाइलबाटै ‘ओपीडी’ टिकट लिन सक्ने भएका छन् । सूचना प्रविधिको प्रयोग गर्दै प्रतिष्ठानले अनलाइन ओपीडी टिकट सेवा सुरु गरेको हो ।

प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार बिरामीले ‘राप्ती एकेडेमी हेल्थ’ वा ‘मेरो डाक्टर’ एप डाउनलोड गरी मोबाइल नम्बर र पासवर्डमार्फत ‘लगइन’ गर्न सक्नेछन् । एपमा प्राप्त हुने ओटीपी कोड राखेर सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । यो सेवा आजदेखि सञ्चालनमा ल्याइएको हो ।

प्रतिष्ठानका उपकुलपति प्राडा अजय कुमार मिश्रले सरकारको सुशासन अभियानलाई साथ दिँदै सूचना प्रविधिको युगलाई व्यवहारमै लागू गरी बिरामी मैत्री सेवा प्रवाह गर्नु प्रतिष्ठानको प्रमुख उद्देश्य रहेको बताए । उनले बिरामीको सहजता, समय बचत तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन अनलाइनमार्फत ओपीडी टिकट लिन सकिने व्यवस्था सुरु गरिएको जानकारी दिए । अनलाइन प्रणालीमार्फत बिरामीले नियमित ओपीडी छनोट गरी आफूले उपचार गराउने सेवा, चिकित्सक तथा उपलब्ध समय छनोट गर्न सक्नेछन् ।

नयाँ बिरामीले आवश्यक विवरण भर्नुपर्नेछ भने पुराना बिरामीले आफ्नो कार्ड तथा विवरणअनुसार सेवा लिन सक्ने व्यवस्था गरिएको छ । मोबाइल नम्बर र एप प्रयोग गरी बिरामीले आफ्नो विवरण सुरक्षित रूपमा प्रविष्ट गरेर आवश्यक सेवा तथा समय छनोट गरी ओपीडी टिकट लिन सक्नेछन् ।

अस्पतालमा टिकट काट्न लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता कम हुने प्रतिष्ठानका अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइलीले बताए । प्रतिष्ठानले डिजिटल प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवा थप सहज, छिटो, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले अनलाइन ओपीडी टिकटको व्यवस्था गरेको उनले जानकारी दिए ।

घरमै बसेर ओपीडी टिकट लिन सकिने भएपछि बिरामीको समय बचत हुनुका साथै अस्पतालमा हुने भीड व्यवस्थापनमा समेत सहयोग पुग्ने प्रतिष्ठानले जनाएको छ ।

0 Comments