१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र स्वास्थ्य उपकरण पठाउने

अ+ अ-

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावितका लागि आवश्यक औषधि तथा स्वास्थ्य उपकरण पठाउने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्युएचओले एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २४ वर्ग मिटरका १५ वटा आपत्कालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागिएको जनाइएको छ ।

मन्त्रालयका अनुसार बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याइएको छ । हालसम्म तीन जना घाइतेलाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको पनि मन्त्रालयले जनाएको छ ।

आपत्कालीन स्वास्थ्य सेवाका लागि काठमाडौँस्थित सङ्घीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

नेपाल रेडक्रस र नेपाल स्काउटमार्फत केही चिकित्सक तथा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ । मन्त्रालयले ट्रमा सेन्टरमा कार्यरत छ जना चिकित्सक र दुई जना नर्सलाई प्रभावित क्षेत्रमा पठाइसकेको जनाएको छ । त्यसै गरी आवश्यक स्वास्थ्य उपकरणसहित एउटा एम्बुलेन्स पनि प्रभावित क्षेत्रतर्फ प्रस्थान गरिसकेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार रसुवाको धुन्चेस्थित स्वास्थ्य चौकी र रसुवा अस्पतालसँग पनि सहकार्य भइरहेको छ । आपत्कालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

0 Comments