१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काला सागरमा नागरिक समुन्द्री यातायातको सुरक्षामा राष्ट्रपति एर्दोगानको जोड

अ+ अ-

टर्की । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले काला सागर (ब्ल्याक सी) मा नागरिक समुन्द्री यातायातको सुरक्षा सुनिश्चित गर्नु अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन् । 

 किर्गिस्तानको बिस्केकमा आयोजित साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२६ मा सहभागी भई स्वदेश फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति एर्दोगानले यस्तो धारणा व्यक्त गरेका हुन ।

टर्कीको अर्ध–सरकारी समाचार एजेन्सी अनादोलुकाअनुसार उनले जहाजमै उक्त अन्तर्वार्ता दिएका थिए । राष्ट्रपति एर्दोगानले विभिन्न पक्षहरूबीच उत्पन्न हुने द्वन्द्वले सर्वसाधारणको सुरक्षा र व्यावसायिक गतिविधिलाई असर गर्ने अवस्था सृजना हुन नहुनेमा जोड दिए। 

द्वन्द्वका कारण व्यापारिक मार्ग र नागरिक आवागमनमा अवरोध पुग्न नहुने उनको भनाइ थियो । पछिल्ला महिनाहरूमा काला सागरमा टर्कीसँग आबद्ध व्यापारिक जहाजहरूमा भएका केही घटनाहरूपश्चात् राष्ट्रपतिको यस्तो टिप्पणी आएको हो । टर्कीले काला सागरमा सुरक्षित र निर्बाध व्यावसायिक नौवहनको आवश्यकतालाई अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर उठाउँदै आएको छ । 

0 Comments