२० भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक

अ+ अ-

काठमाडौँ । शिक्षक आन्दोलनको इतिहास, संगठन निर्माण र विभिन्न चरणमा भएका संघर्षलाई समेटेर तयार पारिएको पुस्तक ‘शिक्षक आन्दोलनको इतिहास’ सार्वजनिक गरिएको छ । 

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले लेखेका पुस्तक शनिवार काठमाडौँमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । पुस्तकले २००७ सालदेखि शुरु भएका शिक्षक संगठनको विकासक्रमदेखि २०३६ सालपछि संगठित रूपमा अघि बढेको शिक्षक आन्दोलन र हालसम्मका गतिविधिलाई अभिलेखका रूपमा प्रश्तुत गरेको छ ।

कार्यक्रममा अध्यक्ष सुवेदीले शिक्षक आन्दोलनको इतिहास लामो समयसम्म व्यवस्थित रूपमा दस्तावेजीकरण हुन नसकेको बताए । उनका अनुसार नेपालमा शिक्षक संगठनहरू २००७ सालदेखि गठन हुन थालेका थिए भने २०३६ सालदेखि संगठित रूपमा शिक्षक आन्दोलन अगाडी बढेको थियो । छरिएर रहेर बसेको शिक्षक आन्दोलनको इतिहासलाई आफूले अभिलेखीकरण गरेको उनले जानकारी दिए । कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयमा रहेका पुराना पत्रपत्रिका, गोरखापत्र, विभिन्न संगठनका स्मारिका तथा अन्य ऐतिहासिक सामग्री अध्ययन गरेर पुस्तक तयार पारेको उनले जानकारी दिए ।

शिक्षक आन्दोलनसँग जोडिएका पुराना नेताहरूसँग अन्तर्वार्ता लिएर समेत सामग्री संकलन गरिएको उनको भनाई छ । इतिहास लेख्दा व्यक्तिगत प्रतिष्ठाभन्दा तथ्य र आधिकारिकतालाई प्राथमिकता दिएको उनले बताए । पुस्तकमा आधिकारिक रूपमा प्रमाणित भएका तथ्य मात्र समेटिएको र छुटेका विषय प्रमाणित भएमा आगामी संस्करणमा समावेश गरिने उनले जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म दस्तावेजीकरण भएको रहेनछ । अब यो ३६ सालदेखि संगठित आन्दोलन सुरु भो । संगठनहरू ७ सालबाट सुरु भए, तर ३६ सालदेखि ८३ सालसम्म आउँदा यसको अभिलेखीकरण नहुनु त हामी सबैका लागि पीडाको कुरा हो । दस्तावेजीकरण गर्दा रहेनछौँ । इन्स्टिच्युसनल मेमोरी हाम्रो रहेनछ, यो खोज्न यति गाह्रो पर्‍यो कीर्तिपुरको सेन्ट्रल लाइब्रेरीमा कति दिन पत्रिका पल्टाएर, गोरखापत्र, पुराना पत्रिका पल्टाएँ । दुःखको के कुरा भने त्यहाँ पक्कै जाने बुझेकै मान्छे पढ्न जान्छ, तर बीच–बीचबाट काटेर लिएर गएको छ, त्यो पत्रिका । मलाई साह्रै दुःख लाग्यो । एउटा बौद्धिक मान्छेले त्यस्तो गर्नु हुँदैन । विभिन्न सँगसँगै भएका स्मारिकाहरू, सङ्गठनसँग भएका स्मारिकाहरू, अरू स्मारिकाहरू खोजेँ । पुराना नेताहरूसँग व्यक्तिगत मोबाइलमा रेकर्ड गरेर अन्तर्वार्ताहरू पनि लिएँ । जे कुरा त्यहाँ लेखेको छु, आधिकारिक कुरा मात्रै समावेश भएको छ । त्यहाँभित्र थुप्रै कुरा छुटेका छन्, छुटेका कुरामा आधिकारिकता प्रमाणित भएमा दोस्रो, तेस्रो एडिसनमा अवश्य हामी समावेश गर्नेछौँ । त्यसमा केही समस्या छैन ।’

कार्यक्रममा पुस्तकको समीक्षा गर्दै पूर्व सचिव खगराज बराल, नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशवप्रसाद भट्टराई, डा. जानुका नेपाल पौडेलले शिक्षकप्रति सरकार कहिल्यै उदार नदेखिएको बताए । उनीहरूले सरकारले शिक्षकसंग गरेका सम्झौताहरू कहिल्यै कार्यान्वयन गर्न चासो नदेखाएको आरोप लगाए । शिक्षकहरूप्रति सरकारले गरेका व्यवहारको कारण शिक्षण पेशामा मान्छेहरूको अरुची बढ्दै गएको उनीहरूको भनाई छ । 

0 Comments