काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ । ३ हजार १ सय रुपैयाँले घटेर आज प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ४० रुपैयाँ घटेर प्रतितोला ४ हजार ७२५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ७६५ रुपैयाँ थियो ।






