२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भदौ २४ लाई सम्झँदै ‘प्रचण्ड’ले भने- ‘एकै दिन यति ठूलो विध्वंस नियोजित रूपमा भएको अर्को उदाहरण मलाई थाहा छैन’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई नेपालको इतिहासकै गम्भीर र रहस्यमय घटनाका रूपमा चित्रण गर्दै त्यसको बहुआयामिक अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । 

भदौ २४ को घटनाको स्मरण गर्दै दाहालले सयौँ वर्षमा निर्माण भएका ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय, सरकारी संरचना तथा निजी भवनहरू केही घण्टामै ध्वस्त पारिएको बताए । उनले नेपालको राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक आन्दोलन र नेपाली जनताको आकांक्षामाथि भएको यस्तो स्तरको प्रहारको गहिरो अध्ययन आवश्यक रहेको बताए । दाहालले घटनाको वास्तविक दोषी र विध्वंस मच्चाउने तत्त्वको पहिचान गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिए। उनकाअनुसार घटना भएको एक वर्ष बितिसक्दा पनि त्यस दिशामा अपेक्षित काम हुन सकेको छैन । उनले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनको दिशामा अघि नबढेको आरोप लगाए। 

आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुको साटो दराजमा थन्क्याउने काम भएको उनको भनाइ छ । दाहालले भदौ २३ गते युवाहरूले सुशासन र पारदर्शिताका लागि उठाएको आवाज र त्यसको भोलिपल्ट भएको घटनाक्रमलाई फरक ढंगले बुझ्नुपर्ने बताए। उनकाअनुसार भदौ २४ को घटनाले युवाहरूको भावना र आकांक्षालाई प्रतिनिधित्व नगरी भदौ २३ को आन्दोलनलाई अपहरण र कब्जा गर्ने शक्तिको हालीमुहाली देखाएको छ । ‘भदौ २४ को घटना रहस्यमय छ’ भन्दै दाहालले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयामसमेत रहेको बताए। उनले वर्तमान भू–राजनीतिक परिवेशलाई समेत ध्यानमा राख्दै घटनाको अन्तर्राष्ट्रिय आयामबाट समेत अध्ययन र अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याए। राष्ट्रिय दृष्टिकोणबाट सुरक्षा निकायको भूमिका, राजनीतिक नेतृत्वको भूमिका लगायत घटनासँग जोडिएका सबै पक्षबारे गहिरो अनुसन्धान हुनुपर्ने दाहालको भनाइ छ । दाहालले नेपालको इतिहासमा एकै दिन यति ठूलो विध्वंस नियोजित रूपमा भएको अर्को उदाहरण आफूलाई थाहा नभएको बताए । उनले अहिलेको अवस्थालाई नेपालको राष्ट्रिय स्वाधीनतामाथि सुगौली सन्धिपछिको सबैभन्दा ठूलो संकटका रूपमा समेत व्याख्या गरे। 

उनले भने, ‘आज भदौ २४ गते । गत वर्ष आजकै दिन नेपालको इतिहासमा अत्यन्त रहस्यमय र भयानक विध्वंस भयो। सयौँ वर्षमा निर्माण भएका ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय, सरकारी तथा निजी संरचनामाथि केही घण्टामै भएको यो विध्वंस गम्भीर अनुसन्धानको विषय हो । नेपालको राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक आन्दोलन र नेपाली जनताको आकांक्षामाथि भएको यो स्तरको प्रहारको वास्तविक दोषी को हुन् भन्ने तथ्यपूर्ण अनुसन्धान हुनैपर्छ । राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनसमेत कार्यान्वयनतर्फ अघि बढ्न नसक्नु दु:खद् छ । भदौ २३ गते युवाहरूले उठाएको सुशासन, पारदर्शिता र जवाफदेहिताको आकांक्षालाई भदौ २४ को घटनाले प्रतिनिधित्व गरेन: बरु त्यो आन्दोलनलाई अपहरण र कब्जा गर्ने प्रवृत्ति हाबी भएको देखिन्छ । यस घटनाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयाम रहेकाले सुरक्षा निकाय, राजनीतिक नेतृत्वलगायत सबै पक्षको निष्पक्ष र गहिरो अनुसन्धान आवश्यक छ । भदौ २४ को घटनाले नेपालको राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्र र नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ । त्यसैले घटनाको बहुआयामिक अनुसन्धान गरी दोषी पहिचान र कारबाही गर्न तथा संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतालाई थप सुदृढ बनाउन सबै राजनीतिक शक्ति, देशभक्त र आम नेपाली जनता एकतावद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो । हाम्रो पार्टीले भदौ २३ र २४ का घटनालाई कसरी बुझ्ने भन्नेबारे आजै प्रेस वक्तव्यमार्फत आफ्नो धारणा स्पष्ट गरेको छ । उक्त वक्तव्यको अध्ययन गर्न सबैमा हार्दिक अपिल गर्दछु ।’

उनकाअनुसार पछिल्लो घटनाक्रमले नेपाली जनताको आत्मनिर्णयको अधिकार खोसिएको अनुभूति गराएको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानमाथि निरंकुशताको प्रहार भएको र भदौ २४ को घटनाक्रमले संविधानलाई कमजोर बनाएको उनले बताए । दाहालले घटनाको बहुआयामिक अध्ययन तथा अनुसन्धान गरी दोषी पहिचान गरेर कुनै आग्रह–पूर्वाग्रहबिना कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनु भयो । संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतालाई अझ सुदृढ बनाउन देशका सबै राजनीतिक शक्ति, देशभक्त तथा आम नेपाली जनता एक भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । 

0 Comments