२७ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृष्णभीरमा नयाँ ट्रयाक निर्माण धमाधम, केही दिनमै दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी

अ+ अ-

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा त्रिशूली बाढीका कारण अवरुद्ध सडक खुलाउन नयाँ ट्रयाक निर्माणको काम तिब्र पारिएको छ ।

सडक सञ्चालनमा ल्याउन निर्माण व्यवसायी, सडक विभागका प्राविधिक तथा सुरक्षाकर्मीसहितको टोलीले रातदिन काम गरिरहेको हो । निर्माण व्यवसायी महासंघका उपाध्यक्ष तथा शगुन कन्स्ट्रक्सनका सञ्चालक शहदेव खड्काकाअनुसार नयाँ ट्रयाक खोल्ने काम शुरु भएको १० दिन पुगेको छ । अहिले ब्याक कटिङ र ग्रेड कटिङको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । भदौ १४ गते कृष्णभीरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि माथिल्लो भागबाट नयाँ ट्रयाक खोल्ने काम अघि बढाइएको हो । ग्रेड कटिङ पूरा भएपछि सबग्रेड र सब–बेस निर्माण गरी ग्राभेलिङ गर्ने तयारी भइरहेको खड्काले बताए । खड्काकाअनुसार अबको केही दिनभित्र नयाँ ट्रयाकबाट दुईतर्फी यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

नयाँ सडकबाट ग्यास बुलेट, लरी, ठूला ट्रक तथा अन्य हेभी सवारीसाधनसमेत सहज रूपमा सञ्चालन गर्न मिल्ने गरी निर्माण भइरहेको उनको भनाइ छ । ‘काठमाडौँको लाइफलाइन’ का रूपमा रहेको पृथ्वी राजमार्गमा यातायात सहज बनाउन रातको समयमा समेत निर्माण कार्यलाई निरन्तरता दिइएको खड्काले बताए । निर्माण कम्पनीसँगै सडक विभाग, कन्सल्टेन्ट, प्राविधिक तथा अपरेटर र सुरक्षाकर्मीको टोली रातदिन निर्माण स्थलमा खटिएको उनले जानकारी दिए । 

खड्काकाअनुसार नयाँ ट्रयाकको ग्रेड कटिङ अन्तिम चरणमा पुगेकाले अब सबग्रेड र सब–बेसको काम पूरा गरेपछि यातायात सञ्चालन गर्न सकिनेछ । कृष्णभीरमा सडक खुलाउन शगुन कन्स्ट्रक्सनको टोलीले निर्माण कार्य गरिरहेको छ । सडक अवरुद्ध हुँदा काठमाडौँतर्फको यातायात तथा अत्यावश्यक सामग्रीको आपूर्तिमा परेको असरलाई कम गर्न निर्माण कार्यलाई तीव्र पारिएको निर्माण पक्षले जनाएको छ ।  

0 Comments