२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरले ‘रिचार्ज काठमाडौँ’ अभियान सञ्चालन गर्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

वर्षाको पानी संकलन तथा जमिनमा पुनर्भरण (रिचार्ज) गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी हुन् ।

आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा बोल्दै डंगोलले काठमाडौँमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् । उनकाअनुसार सहरी बाढीको समस्या समाधानका लागि अध्ययनसमेत भइरहेको छ । डंगोलले विगतमा सहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण सिर्जित समस्या सुधार गर्दै जानुपर्ने बताइन्। करिब तीन दशकअघि सुरु भएका सहरी समस्या अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको उनको भनाइ छ । काठमाडौँमा वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ तथा रिचार्जका कार्यक्रम सञ्चालन गरिने उनले बताइन् ।

अहिले गर्न सकिने कामबाटै समाधानको शुरुवात गर्नुपर्ने भन्दै उहाँले ‘रिचार्ज काठमाडौँ’ अभियान अघि बढाउन लागिएको जानकारी दिईन्। डंगोलले सहरी बाढीको समस्या समाधानका लागि दीर्घकालीन उपायबारे अध्ययन भइरहेको र अध्ययनका आधारमा थप कार्यक्रम अघि बढाइने बताइन् ।

उनले भनिन्, ‘अर्बन एरियाको विषयमा अघि पनि कुरा उठेको छ । हरिवंश आचार्यज्युले पनि निकै मिठो ढंगले भनिन्, विगत ३० वर्षमा हामीले धेरै कुरा बिगारेका छौँ, अब बिग्रिएका कुरालाई सुधार्दै जानुपर्छ । आज हाम्रा कलाकार साथीहरूले पनि यही महत्वपूर्ण सन्देश दिनुभएको छ । विशेष गरी अर्बन फ्ल्यास फ्लड अहिले ठुलो चुनौती बनेको छ । पहिले पानी पर्दा आनन्दले निद्रा लाग्थ्यो, तर अहिले पानी पर्न थालेपछि चैनसँग सुत्न सक्ने अवस्था छैन । मध्यरातमै पनि नगर प्रहरी, विपद् व्यवस्थापन टोली र जनप्रतिनिधिहरू कुनै विपद् आइपरे फिल्डमा जानुपर्ने भन्दै स्ट्यान्डबाइमा बस्नुपर्छ । यस समस्याको दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ । तर अहिले हामीले जेबाट काम सुरु गर्न सक्छौँ, त्यहीँबाट सुरु गरौँ भन्ने उद्देश्यले ‘रिचार्ज काठमाडौँ’ अभियान अघि बढाउँदै छौँ । यस अभियानमार्फत वर्षाको पानी संकलन गर्ने, जमिनमा पुनर्भरण गर्ने र पानीको उचित व्यवस्थापन गर्ने कामलाई प्राथमिकता दिइनेछ । हामीले आजैदेखि गर्न सक्ने कामबाट शुरुवात गर्दै काठमाडौँलाई बाढीको जोखिमबाट सुरक्षित र व्यवस्थित बनाउने दिशामा अघि बढ्नुपर्छ ।’

पछिल्लो समय वर्षाको पानी परेपछि काठमाडौँमा बाढीको जोखिम बढ्दै गएको भन्दै उनले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

0 Comments