२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीपीडितलाई सात लाख १५ हजार सहयोग

अ+ अ-

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुन:स्थापनाका लागि भारतको सिक्किमबाट सहयोग प्राप्त भएको छ ।

सिक्किममा संकलन गरिएको रु. सात लाख १५ हजार १०४ बराबरको राहत रकम ठमेल पर्यटन विकास परिषद्लाई हस्तान्तरण गरिएको हो । सिक्किमस्थित अर्गनाइजेसन अफ म्युजिसियन्स एन्ड आर्टिस्ट्स अफ सिक्किम (ओएमएएस) तथा डर्टी एन्जल्स मोटरसाइकल क्लब (डीएएमसी), गान्तोकको समन्वयमा संकलन गरिएको रकम आज परिषद्का अध्यक्ष राजुमान डंगोललाई हस्तान्तरण गरिएको हो ।

उक्त रकम सिक्किमका मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छेरिङ वाङचुक लेप्चा, सिक्किम सरकारको श्रम विभागका तथ्यांक अधिकृत पेम्बा चोपेल भुटिया, डीएएमसीका संस्थापक सदस्य केशाङ नोर्गे शेर्पा, उत्तर सिक्किमको काबी–हिङ्दा निर्वाचन क्षेत्रका एसकेएम पार्टीका युवा संयोजक छेवाङ भुटिया र नेपाल–भारत वाणिज्य तथा उद्योग संघका महासचिव राजन शर्माले हस्तान्तरण गरे ।

ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलले विपद्को समयमा मानवीय संवेदनालाई आत्मसात् गर्दै सिक्किममा राहत संकलन अभियान सञ्चालन गरी सहयोग गरेकोमा धन्यवाद दिए । 

परिषद्का अनुसार राहत संकलन अभियानलाई सिक्किममा समन्वय तथा सहजीकरण गरी सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी परिषद्की कोषाध्यक्ष किन्चु लामु भुटिया श्रेष्ठलाई समेत धन्यवाद तथा प्रशंसा व्यक्त गरिएको छ । उक्त राहत रकममा परिषद्बाट रकम थप गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । 

लुम्बिनी प्रेस क्लब बाढी प्रभावित पत्रकारलाई सहयोग
रुपन्देही: लुम्बिनी प्रेस क्लब, रुपन्देहीले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित पत्रकारका लागि रु. एक लाख एक हजार १११ बराबरको आर्थिक सहयोग गरेको छ ।

बाढीमा परी ज्यान गुमाएकाको चिरशान्तिको कामना गर्दै क्लबले भैरहवास्थित बुद्ध चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको हो ।

क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले बाढीका कारण केही पत्रकार अझै बेपत्ता रहेको बताए । बाढीबाट सञ्चारकर्मीको घर, सम्पत्ति तथा सञ्चार सामग्रीमा क्षति पुगेको छ । क्लबका कोषाध्यक्ष विष्णुप्रसाद भट्टराईका अनुसार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमार्फत सहयोग रकम उपलब्ध गराइएको हो । उक्त रकम महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेललाई हस्तान्तरण गरिएको थियो । 

त्यसैगरी भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि बुटवल हस्पिटल प्रालिले रु सात लाख ७७ हजार ७७७ आर्थिक सहयोग गरेको छ ।

अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेल र सञ्चालक एवम् जनप्रतिनिधि नरिश्वर शर्माले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

अस्पतालले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकका परिवारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

जेनजेड पर्साद्वारा १५ लाख बराबरको राहत वितरण
वीरगन्ज (पर्सा): जेनजेड पर्साद्वारा धादिङका बाढीपीडित २०० परिवारलाई आज राहत वितरण गरेको छ । पर्साका जेनजेड तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिका–५ र ६ मा बाढीबाट प्रभावित करिब २०० परिवारलाई राहत सामग्री वितरण गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा गजुरी गाउँपालिकामा रहेको होल्डिङ सेन्टरमा पुगेर राहत सामग्री वितरण गरेको नेता पटेलले जानकारी दिए । रु. १५ लाख बराबरको राहत सामग्री संकलन गरी उनीहरू धादिङतर्फ प्रस्थान गरेका थिए । 

नेता पटेलका अनुसार खाद्यान्न, लत्ताकपडा, खाना पकाउने भाँडा, ओढ्ने/बिछ्याउने विस्तारालगायत सामग्री  वितरण गरिएको हो । आगामी दिनमा समेत आवश्यकता र अवस्थाअनुसार मानवीय सहयोगलाई निरन्तरता दिने उनको भनाइ छ ।

0 Comments