२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी, बागमती र गण्डकीसहित पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना 

अ+ अ-

काठमाडौँ । आज देशभर साधारणतया बादल लाग्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी र कर्णाली प्रदेशका पहाडी भू–भाग, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ  ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ । 

देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका तराई भू–भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन–चट्यांगसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

देशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । देशको पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

0 Comments