काठमाडौँ । आज देशभर साधारणतया बादल लाग्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी र कर्णाली प्रदेशका पहाडी भू–भाग, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन–चट्यांगसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
देशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । देशको पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।






