३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१ असोजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधन दर्ता खुला

अ+ अ-

काठमाडौँ । सरकारले करिब चार महिनापछि सार्वजनिक सवारीसाधनको दर्ता प्रक्रिया पुनः खुला गरेको छ। आगामी १ असोजदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधन दर्ता खुला गरिएको हो।

यातायात व्यवस्था विभागका अनुसार हाललाई काठमाडौँ उपत्यकाबाहेकका क्षेत्रमा विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई प्राथमिकता दिँदै दर्ता गर्न पाउने व्यवस्था गरिएको छ।

काठमाडौँ उपत्यकाको हकमा भने सबै प्रकारका सार्वजनिक सवारीसाधनका लागि दर्ता खुला गरिएको छैन। उपत्यकाभित्र स्कुल बस तथा सट्टाभर्ना गर्न चाहने सवारीसाधन मात्र दर्ता गर्न पाउने व्यवस्था गरिएको विभागले जनाएको छ।

विभागले सोही व्यवस्थाअनुसार सार्वजनिक सवारीसाधन दर्ता गर्न सबै प्रदेश सरकारलाई जानकारी गराएको छ।

सरकारले यसअघि ७ जेठ २०८३ देखि सार्वजनिक सवारीसाधनको दर्ता रोकेको थियो। दर्ता रोक्नुको कारण तथा अहिले पुनः खुला गर्नुको आधारबारे भने विभागका अधिकारीहरूले स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्।

विभागका निर्देशक मणिराम भुसालले काठमाडौँ उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनलाई ध्यानमा राखेर उपत्यकाबाहिर सार्वजनिक सवारीसाधन दर्ता खुला गरिएको बताए।

यसैबीच, विभागले मालवाहक सवारीसाधनको दर्ता भने १८ साउनदेखि नै खुला गरिसकेको थियो। त्यसअघि ८ असारसम्म एलसी (लेटर अफ क्रेडिट) खोलिसकेका र नेपाल आइसकेका सार्वजनिक सवारीसाधनलाई समेत दर्ता गरिएको विभागले जनाएको छ।

0 Comments