३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमिहीनका रूपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा–जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि आवश्यक कारवाही गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ।

भूमि समस्या समाधान समितिले सम्बन्धित जिल्ला भूमि समस्या समाधान समितिलाई पत्र पठाउँदै स्वघोषणामा जग्गा नभएको उल्लेख गरेका व्यक्तिहरूको विवरण भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट रुजु गर्दा उनीहरू तथा परिवारका सदस्यको नाममा जग्गा रहेको देखिएपछि कारबाहीका लागि निर्देशन दिएको हो।

समितिका अनुसार स्वघोषणामा आफू र आफ्नो परिवारको नाममा कतै पनि जग्गा नभएको उल्लेख गरे पनि सरकारी अभिलेखमा जग्गा रहेको देखिएका चार जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्ला समितिमा सिफारिस गरिएको छ।

भूमि अभिलेखबाट प्राप्त विवरणमा इलाम, ताप्लेजुङ, झापा, काभ्रे जिल्लामा उनीहरूको तथा परिवारको नाममा जग्गा रहेको देखिएको समितिको पत्रमा उल्लेख छ ।

समितिले भूमिहीन सुकुम्वासी, भूमिहीन दलितका रूपमा आवेदन दिने व्यक्तिहरूको स्वघोषणालाई सरकारी अभिलेखसँग रुजु गर्ने क्रममा जग्गा रहेको भेटिएका व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। झुटा विवरण पेस गरी भूमिहीनको सुविधा लिन खोजेको देखिएमा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम आवश्यक कारबाही गर्न समितिले सम्बन्धित जिल्ला समितिलाई आग्रह गरेको छ।

0 Comments