६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

अ+ अ-

बागलुङ । धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको क्षमता थप गरेको हो । अस्पतालले आइतबारदेखि थप चार वटा डायलाइसिस उपकरण सञ्चालनमा ल्याएर सेवा क्षमता विस्तार गरेको हो ।

यसअघि ६१ मिर्गौलापीडितलाई सेवा दिँदै आएको अस्पतालले चार वटा उपकरण थप गरेपछि अब ७१ जनालाई सेवा दिन सहज भएको छ । क्षमता विस्तारसँगै अस्पतालमा डायलाइसिस उपकरणको सङ्ख्या १२ पुगेको छ ।

पालो कुर्ने बिरामीको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा भवनको क्षमता विस्तार गरी सेवा थप गरिएको डायलाइसिस शाखा प्रमुख तथा वरिष्ठ नर्सिङ अधिकृत निमा हिताङले जानकारी दिइन् ।

उनका अनुसार सरुवा रोग लागेका मिर्गौलाका बिरामीका लागि छुट्टै शय्याकोसमेत व्यवस्था गरिएको छ । यसअघि छुट्टै शय्या नहुँदा अन्य बिरामीमा सरुवा रोग सर्न सक्ने जोखिम थियो ।

मिर्गौलाले काम गर्न छाडेका बिरामीले स्वास्थ्य अवस्थाअनुसार सातामा दुईदेखि पटकसम्म डायलाइसिस गर्नुपर्ने हिताङले बताइन् । 

 सेवा विस्तारका लागि गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा रु. २० लाख र अस्पताल व्यवस्थापन समितिको रु.  २० लाख गरी रु. ४० लाख खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिए । उक्त रकमबाट भवनको एक तला थप गर्नुका साथै आवश्यक चार वटा डायलाइसिस उपकरण खरिद गरिएको हो ।

 “डायलाइसिस विभागको भुइँतलामा एकतला थप गरी आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा विस्तार गरिएको हो”, अध्यक्ष शर्माले भने “लामो समयदेखि पालो कुरेर पोखरादेखि काठमाडौँसम्म पुगेर डायलाइसिस गराउँदै आएका मिर्गौला फेल भएका १० जना सेवाग्राहीलाई थप सेवा दिन थालिएको छ ।

सेवा विस्तारपछि पालो नपाएर डायलाइसिसका लागि पोखरा तथा काठमाडौँ जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।

0 Comments