७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साँगुरी गढीबाटै स्थायी लेखा नम्बर  वितरण:  सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

अ+ अ-

धनकुटा । साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) गाउँपालिकाबाटै वितरण गर्न सुरुआत गरेको छ । यसबाट स्थानीय नागरिक तथा व्यवसायीलाई करसम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम वा अन्य कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य  भएको छ ।

गाउँपालिका अध्यक्ष जितेन्द्र राईले मंगलबार पहिलो पान प्रमाणपत्र हस्तान्तरण गर्दै गाउँपालिकाबाट पान दर्ता तथा वितरण सेवाको औपचारिक शुभारम्भ गरेका हुन् । साँगुरीगढी गाउँपालिका–६ सिम्सुवा नजिक बेल्बोटेस्थित सुब्बा ग्यारेजका सञ्चालक विवेक ईवाहाङ गाउँपालिकाबाट पान दर्ता गर्ने पहिलो सेवाग्राही बनेका छन् । 

यसअघि व्यक्तिगत पान तथा नयाँ व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने पान दर्ताका लागि सेवाग्राहीले जिल्लाको सम्बन्धित कार्यालय पुग्नुपर्ने अवस्था रहेको थियो । ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकका लागि यस्तो सेवा लिनकै लागि सदरमुकाम पुग्नु पर्दा यातायात खर्च, समय र अतिरिक्त झन्झट व्यहोर्नुपर्ने अवस्था रहँदै आएको पहिलो सेवाग्राही ईवाहाङले बताए । 

विशेषगरी गाउँपालिकाभित्र व्यवसाय सञ्चालन गरिरहेका तथा नयाँ व्यवसाय सुरु गर्न चाहने युवा, उद्यमी, स्वरोजगार व्यक्ति, साना व्यवसायी र व्यक्तिगत रूपमा पान आवश्यक पर्ने नागरिकले स्थानीय तहमै सेवा प्राप्त गर्दा समय र खर्चको बचत भएको उनको भनाइ छ ।

स्थानीय व्यवसायीका लागि व्यवसाय सञ्चालनको प्रारम्भिक चरणमै विभिन्न प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । व्यवसाय दर्ता, पान दर्ता, बैंकिङ कारोबार, करसम्बन्धी प्रक्रिया तथा अन्य सरकारी कामका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्थाले साना व्यवसायीलाई थप समस्या हुने गरेको थियो ।

साँगुरीगढी गाउँपालिकामा पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटार रहेको क्षेत्र भएकाले पर्यटन, होटल तथा रेस्टुरेन्ट, यातायात, निर्माण, खुद्रा व्यापारलगायत कृषिका विभिन्न क्षेत्रमा साना तथा मझौला व्यवसाय सञ्चालन हुँदै आएका छन् । ग्रामीण क्षेत्रमा स्वरोजगार र साना उद्यमको सङ्ख्या बढ्दै जाँदा व्यवसायीलाई आवश्यक सरकारी सेवा पनि गाउँमै उपलब्ध हुँदा स्थानीयलाई ठूलो राहत भएको गाउँपालिका अध्यक्ष राईले बताए । 

यसले व्यवसायलाई औपचारिक बनाउने, सरकारी अभिलेखमा व्यवसाय तथा व्यवसायीको विवरण व्यवस्थित गर्ने र करसम्बन्धी दायित्व पूरा गर्न नागरिकलाई सहज वातावरण बनाउन सहयोग पुगेको गाउँपालिकाले जनाएको छ । 

0 Comments