१० आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाद्र शुक्ल पूर्णिमा: इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो

अ अ+ अ-

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका–१ मा रहेको इन्द्रदहमा स्नान एवं पूजा आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाएका भक्तजन राति इन्द्र दहमा जाग्राम बस्न जाने परम्परा छ । यो परम्परा अनुसार शुक्रबार राति नै भक्तजन इन्द्र दह पुगी दिवंगत आफन्तका नाममा बत्ती बालेर जाग्राम बसेका थिए ।

शुक्रबार राति दिवंगत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्र दह परिसरमा रहेको इन्द्रको मन्दिर क्षेत्रमा बत्ती बालेका भक्तजनले बिहानै इन्द्र दहमा स्नान गरी गणेश, इन्द्रलगायत देवी देवताको पूजा आराधना गरेको चन्द्रागिरि नगरपालिका–१ कार्यालयका सूचना अधिकारी रचना अर्यालले जानकारी दिए ।

नगरपालिका–१ मा पर्ने यो धार्मिक स्थलमा प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाखौँ भक्तजन स्नान एवं पूजा आराधनाका लागि पुग्ने गरेका छन् । कति भक्तजन भने भाद्र शुक्ल चतुर्दशीका दिन बेलुकी इन्द्र दहमा गई जाग्राम बसेर बत्ती बाल्न पुग्छन् ।

मेलाका अवसरमा नगरपालिकाको वडा नं १, २ र ३ का विद्यालयलगायत कार्यालयमा स्थानीय पर्व बिदा दिने गरिएकामा यस वर्ष शनिवारको सार्वजनिक बिदाकै दिनमा पर्व परेकाले बिदा दिनु नपरेको पनि उनले सुनाए । दिवंगतहरु स्वर्ग पुग्ने भएकाले त्यहाँका राजा इन्द्रको विशेष पूजा आराधना गरिने यो अवसरमा इन्द्र दहमा बत्ती बाल्ने, स्नान गरी पूजा आराधना गरे शान्ति मिल्ने धार्मिक विश्वास भक्तजनमा रहिआएको छ । 

0 Comments