११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षा प्रभावितको उद्धार र सहयोगमा जुट्न काँग्रेस पंक्तिलाई गगन थापाको आग्रह

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले निरन्तरको वर्षाका कारण प्रभावित नागरिकको उद्धार, सहयोग र समन्वयमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेका बेला सभापति थापाले आफ्नो क्षेत्रको अवस्था बुझेर समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन काँग्रेसको स्थानीय संगठन तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

लगातारको वर्षाका कारण बागलुङमा पहिरोमा परी चार जनाको मृत्यु भएको तथा विभिन्न स्थानमा बाढी र खोलाले पुललगायतका संरचनामा क्षति पुर्‍याएको विवरण सार्वजनिक भइरहेका छन् । यस्तो अवस्थामा तत्कालका लागि नागरिकको सुरक्षा नै प्राथमिक विषय भएको थापाले बताएका छन् ।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै प्रभावित नागरिकको सहयोगमा परिचालित हुन आग्रह गरेका छन् ।

यसैबीच, प्रतिकूल मौसमका कारण नेपाली काँग्रेसको अधिवेशनसम्बन्धी निर्वाचन कार्यक्रमसमेत प्रभावित भएको छ । मौसम विभाग तथा सम्बन्धित निकायले जारी गरेका सूचनासँगै स्थानीय अवस्थालाई ध्यानमा राखेर विभिन्न जिल्लामा निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न केन्द्रीय निर्वाचन समितिले सम्बन्धित पक्षलाई पत्राचार गरिसकेको काँग्रेसले जनाएको छ ।

काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिवेशन प्रक्रिया चलिरहेको अवस्थामा भारी वर्षाका कारण केही क्षेत्रमा निर्वाचन कार्यक्रम सञ्चालनमा कठिनाइ भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । प्रतिकूल मौसम भएका क्षेत्रमा स्थानीय अवस्था हेरी निर्वाचन कार्यक्रम समायोजन गर्न समितिले यसअघि नै निर्देशन दिएको थियो ।

0 Comments