१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

अ अ+ अ-

बागलुङ । अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ । बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नु परेको छ ।

बाढीले बागलुङ नगरपालिका–३ हनुमानमौवा नजिकै मुख्य खानेपानीको पाइपमा गम्भीर क्षति पुर्‍याएको छ । कैला पोखरीमा रहेको लिफ्टमार्फत सुल्डाँडा र मुश्यास्वाराको ट्यांकीतर्फ लगिएको पाइपमा क्षति पुगेको छ ।

यस्तै, तित्याङ र भकुण्डेको सीमाबाट आउने रिठेखोलाको मुहानबाट बजारमा ल्याइएको पाइप तथा काठे खोला गाउँपालिकास्थित भुँदीखोलाको मुहानबाट ल्याइएको पाइपमा बाढीले क्षति पुर्‍याएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ ।

संस्थाका सचिव जीवन आचार्यका अनुसार बागलुङ बजारमा पानी आपूर्ति हुने मुख्य चार वटा मुहानमा वर्षा र बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीले ठाउँ ठाउँमा पाइप बगाउनुका साथै वितरण प्रणालीमा क्षति पुर्‍याएको उनले बताए ।

रिठेखोलामा जडान गरिएको करिब ८० मिटर पाइप बाढीले बगाएको छ । कतिपय स्थानमा पाइप बगाएको र कतिपय ठाउँमा मर्मत गर्नुपर्ने अवस्था रहेको आचार्यले जानकारी दिए ।

बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसीका अनुसार रिठेखोलाबाट ल्याइएको पाइप मर्मत सम्पन्न भइसकेको छ । मुख्य मुहान र वितरण प्रणालीमा क्षति पुगेपछि ठूलो सङ्ख्यामा उपभोक्ता प्रभावित भएका छन् ।

0 Comments