१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियामा ७८ वर्ष पुरानो अभियोजन प्रणाली खारेज, नयाँ संरचनासहित दुई निकाय गठन

अ अ+ अ-

दक्षिण कोरिया । दक्षिण कोरियाले ७८ वर्षदेखि कायम रहेको आफ्नो सरकारी अभियोजन सेवालाई औपचारिक रूपमा खारेज गर्दै शुक्रवारदेखि न्याय प्रणालीमा व्यापक पुनर्संरचना गरेको छ । 

सन् १९४८ देखि अस्तित्वमा रहेको यो पुरानो संस्थालाई विघटन गरी अनुसन्धान र अभियोजनका लागि छुट्टाछुट्टै दुईवटा निकायहरू स्थापना गरिएको छ । नयाँ कानूनी व्यवस्थाअनुसार अब सरकारी अभियोजन कार्यालय न्याय मन्त्रालय मातहत रहनेछ र यसले विशेष गरी अभियोग पत्र दर्ता गर्ने तथा सरकारी अभियोजनको कार्यलाई मात्र निरन्तरता दिनेछ । यसका साथै, गम्भीर अपराध अनुसन्धान निकाय नाम दिइएको अर्को नयाँ संस्था गृह मन्त्रालय मातहत रहने गरी स्थापना गरिएको छ । उक्त निकायले सात प्रमुख अपराधका कोटीहरू र जोखिममा रहेका समूहहरू लक्षित अपराधहरूको अनुसन्धान गर्ने जिम्मा पाएको छ । 

यसअघि अभियोजन सेवाबाट हुँदै आएका अधिकांश सामान्य आपराधिक अनुसन्धानहरूको जिम्मेवारी अब पूर्ण रूपमा प्रहरीलाई सुम्पिएको छ । यद्यपि संस्थागत रूपमा अभियोजन सेवा विघटन गरिए पनि ‘अभियोजक’ र ‘महान्यायाधिवक्ता’ को पद तथा उपाधि भने यथावत राखिएको छ । यो ऐतिहासिक फेरबदलका पछाडि लामो समयदेखि चल्दै आएको शक्ति केन्द्रिकरणको आलोचना प्रमुख कारण मानिएको छ । दक्षिण कोरियामा सरकार परिवर्तन हुँदा अभियोजन सेवाले राजनीतिक प्रतिशोध साँध्न ‘लक्षित अनुसन्धान’ गरेको आरोप लाग्ने गरेको थियो । 

युनहाप समाचार संस्थाकाअनुसार अभियोजनको शक्तिमा रहेको अत्यधिक केन्द्रीकरणले अनुसन्धानमा हुने दुरुपयोग र राजनीतिक पूर्वाग्रहका घटनाहरूलाई बढावा दिएको भन्दै तीव्र आलोचना हुने गरेको थियो । सरकारको यो नयाँ कदमले न्यायिक प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउने विश्वास लिइएको छ ।

0 Comments