१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ

अ अ+ अ-

टर्की । टर्कीको राष्ट्रिय गुप्तचर संस्थाले सन् २०१३ मा दक्षिणी सहर रेहानलीमा भएको विनाशकारी बम विष्फोटका मुख्य योजनाकारमध्येका एक ओमर अल–हातिबलाई पक्राउ गरेको छ । 

सुरक्षा स्रोतहरूका अनुसार, हातिबलाई देश छाडेर समुद्र मार्ग हुँदै युरोप छिर्ने तयारी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । सन् २०१३ को मे महिनामा रेहानलीमा भएको दुईवटा कार बम विष्फोटमा परी ५ बालबालिकासहित ५३ जना सर्वसाधारणले ज्यान गुमाएका थिए । 

टर्कीको इतिहासमा यो एउटा दर्दनाक घटनाका रूपमा दर्ज छ । उक्त घटनाको अनुसन्धानमा सक्रिय रहँदै आएको टर्कीको गुप्तचर निकायले लामो समयदेखि फरार रहेका हातिबको खोजी कार्य जारी राखेको थियो । स्रोतकाअनुसार सन् १९७६ मा सिरियाको इडलिब प्रान्तमा जन्मिएका हातिबले पहिले सिरियाली सेनामा समेत सेवा गरेका थिए । 

उनले रेहानली विष्फोटको योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्न मुख्य भूमिका खेलेको अनुसन्धानबाट खुलेको छ । हालै गरिएको यो गिरफ्तारीले घटनाका पीडित परिवारलाई न्याय दिलाउने र यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजीमा थप बल पुग्ने अपेक्षा गरिएको छ । टर्की सरकारले यसअघि पनि रेहानली हमलामा संलग्न र घटनाको योजना बनाउने धेरै व्यक्तिलाई पक्राउ गरिसकेको छ ।

 यद्यपि पक्राउ परेका हातिबको गिरफ्तारीलाई एउटा महत्त्वपूर्ण सफलताको रूपमा लिइएको छ । सरकारी निकायले उनको पक्राउको मिति र स्थानबारे थप जानकारी भने सार्वजनिक गरेको छैन । हाल हातिबमाथि थप अनुसन्धान र कानूनी प्रक्रिया अगाडि बढाइएको छ ।

0 Comments