१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टीको महाधिवेशन ऐतिहासिक भूमिमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छ’: प्रवक्ता चालिसे

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले काँग्रेसको १५ औँ महाधिवेशन ऐतिहासिक राजनीतिक महत्त्व बोकेको स्थलमा हुन लागेको बताएका छन् । 

महाधिवेशन स्थल खुल्ला मञ्चमा शनिवार पत्रकार सम्मेलन गर्दै उनले नेपालको राजनीतिक इतिहासमा खुल्ला मञ्चको विशेष महत्त्व रहेको बताए । २०३३ सालमा जननायक वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३६ सालको जनमतसंग्रहको लागि पहिलो ऐतिहासिक सार्वजनिक सम्बोधन खुल्ला मञ्चबाट गरेको उनले बताए । २०४६ सालको राजनीतिक परिवर्तनका लागि नेपाली काँग्रेसका नेता गणेशमान सिंहले पनि खुला मञ्चबाट नै परिवर्तनको उद्घोष गरेको उनले बताए ।

नेपाली काँग्रेसको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनसँग जोडिएको महत्त्वपूर्ण स्थानमा पार्टीले १५ औँ महाधिवेशन गर्न लागेको उनको भनाई छ । महाधिवेशनले बीपी कोइरालाको विचारलाई भविष्यको नेपालसँग जोड्ने वैचारिक आधार तय गर्ने उनले बताए । आधुनिक, प्रविधियुक्त र सान्दर्भिक नेपालको परिकल्पनालाई बिपीको विचारसँग जोडेर अघि बढाउने लक्ष्य रहेको उनको भनाई छ । महाधिवेशनले पार्टीको संरचनागत र नीतिगत सुधार दुवै गर्ने बताए । युवाको सहभागिता विस्तार, नीति निर्माणमा प्रबुद्ध वर्ग र प्रवासी नेपालीको प्रतिनिधित्व तथा सुशासनलाई प्राथमिकता राख्ने उनको भनाई छ ।

उनले भने, ‘नेपालको राजनीतिमा ऐतिहासिक र प्रतिकात्मक महत्त्व छ । यही भूमि हो जसले २०३३ सालमा जननायक बीपी कोइरालाले नेपालमा उहाँको राष्ट्रिय एकता र मेलमिलाप नीति लिएर स्वदेश फर्किसकेपछि सार्वजनिक रूपमा, ऐतिहासिक रूपमा पहिलो सम्बोधन २०३६ सालको जनमत सङ्ग्रहको सन्दर्भमा उनको पहिलो ऐतिहासिक सम्बोधन यहाँ यही स्थलमा, यही बगलमा भएको। म वीपी कोइरालाको आह्वान मात्रै थिएन, गणेशमानजीले २०४६ सालको परिवर्तनको उद्घोष यही भूमिबाट गरेका हुन् । नेपाली जनताको अधिकार स्थापित गर्ने आह्वान गरिएको ऐतिहासिक भूमिमा नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको सन्दर्भमा आज हामीले यही भूमिबाट भोलि महाधिवेशन हुँदैछ । अबको शासन भनेको शासन होइन, सुधार, सुशासन हो । अब पद होइन परिणाम खोजिरहेछ, जनताले । त्यसकारण अबको राजनीति पदको लागि होइन, परिणामको लागि हुनुपर्छ । शासन, राजनीति शासनको लागि होइन, सुशासनको लागि हुनुपर्दछ भन्ने कुरा हामीले यहाँ विद्यमान हामीले आफ्नो नीतिमा समावेश गरेका छौँ । नेपाली काँग्रेस स्पष्ट गर्न चाहन्छ, यो अधिवेशनको माध्यमद्वारा नयाँ इतिहास निर्माण गर्न चाहन्छ । नेपाली काँग्रेस बीपी कोइरालाको जुन विचारधारा छ, इतिहासमा मात्र होइन कि बीपी अब भविष्यमा पनि बीपी विचारधारालाई हामी जोड्दै जानेछौँ । र भविष्यको नेपाल, बिपीले परिकल्पना गरेको नेपाल, सान्दर्भिक नेपाल, आधुनिक नेपाल, प्रविधियुक्त नेपालको रूपमा हामीले भविष्यमा जोड्ने वैचारिक आधार यो अधिवेशनले प्रदान गर्नेछ ।’

उनकाअनुसार आईतवारदेखि शुरु हुने महाधिवेशनको उद्घाटन समारोहपछि हुने बन्द सत्रमा पार्टीको आगामी राजनीतिक, आर्थिक, सामाजिक र सांगठनिक दिशाबारे विस्तृत छलफल हुनेछ । बन्द सत्रमा पार्टी सभापति गगन थापाले आगामी पाँच वर्षमा काँग्रेसले लिने राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी र परराष्ट्र नीतिसहितका विषय समेटिएको कार्यपत्र बन्द सत्रमा प्रस्तुत गर्ने छन् । उपसभापति विश्वप्रकाश शर्माले पनि समसामयिक विषयमा प्रतिवेदन प्रस्तुत गर्ने उनले बताए ।

महाधिवेशनमा पार्टीको विधान संशोधनमार्फत संरचनागत सुधारका विषयमा समेत छलफल हुने उनले बताए । उनले विधानमा केही परिवर्तन यसअघि नै भइसकेको बताए। उनले महाधिवेशन नेतृत्वलाई भन्दा नीति चयनलाई विशेष प्राथमिकता दिएको पनि बताए । 

महाधिवेशनमा सहभागी प्रतिनिधिले ३ हजार ५ सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्नुपर्नेछ । देशभरबाट प्रतिनिधि काठमाडौँ आउने क्रम जारी रहेको उनले बताए । केही जिल्लामा निर्वाचन तथा मतगणना भइरहेकोले आइतबार बिहानसम्म सबै प्रतिनिधि काठमाडौँ आई पुग्ने उनको भनाई छ । महाधिवेशनका गतिविधि, बसोबास, भोजन तथा अन्य कार्यक्रमसम्बन्धी सूचना प्रतिनिधिलाई क्यूआर कोड र एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ । महाधिवेशनका क्रममा प्रत्येक दिन दुई पटक पत्रकार सम्मेलन गरी छलफलमा उठेका विषय, प्रतिनिधिको धारणा र पार्टीका गतिविधिबारे जानकारी गराइने काँग्रेसले जनाएको छ । 

0 Comments