काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्। काठमाडौँमा जारी काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उनले उपसभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।
महाधिवेशनको कार्यतालिका अनुसार मंगलबार (आज) उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।



