२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्नपूर्ण चक्रीय पदमार्ग खुल्यो

अ अ+ अ-

काठमाडौँ । अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ ।

मुक्तिनाथ होटेल एसोसिएसनको पहलमा मनाङ-मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो ।

लमजुङको बेसी शहरदेखि मनाङ हुँदै विदेशी पर्यटकहरू थोरङला पास पदयात्रा गर्दै मुक्तिनाथ आइपुग्छन् । मुक्तिनाथ होटेल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले मनाङ–मुस्ताङ जोड्ने थोरङला पास पदमार्ग बाक्लो हिउँ पन्छ्याएर पदयात्रा सहज पारिएको बताए ।

८/११ असोजसम्मको भारी हिमपातले थोरङला पास पदमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा पर्यटक आवागमन बन्द भएको थियो ।

अक्टोबरदेखि नोभेम्बरसम्म पर्यटकले साहसिक पदयात्रा गर्ने उपयुक्त स्थान थोरङला पासनै हो । मनाङ-मुस्ताङ अन्नपूर्ण चक्रीय पदमार्गमा बर्सेनि पाँच महिना मात्रै पर्यटकीय पदयात्रा हुने गर्छ ।

विश्वकै प्रख्यात पदमार्गको रूपमा स्थापित राउन्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पदमार्ग विदेशी पर्यटक साहसिक पदयात्रा गर्न रुचाउँछन् ।

मनाङबाट थोरङला पासको यात्रा गर्दै मुस्ताङ आउन पदयात्रामा कुनै समस्या नहुने मुक्तिनाथ होटेल एसोसिएसनले जनाएको छ ।

0 Comments